सरकारले आर्थिक विधेयकमार्फत सिमेन्टमा मूल्यको ५ प्रतिशत अन्तःशुल्क तोकेपछि सिमेन्टको भाउ प्रतिबोरा २० देखि २५ रुपैयाँसम्म बढेको छ। यसअघि प्रतिबोरा ११ रुपैयाँ मात्र अन्तःशुल्क लाग्थ्यो। अन्तःशुल्क वृद्धिपछि उत्पादन लागत बढेको र त्यसअनुसार मूल्य समायोजन गरिएको हो।
उद्योगहरू घाटामा गएको, उत्पादन लागत उठाउन नसकिएको र बजारमा माग नबढेको जस्ता कारण देखाउँदै अघिल्ला महिनादेखि सिमेन्टको मूल्य क्रमशः बढ्दै आएको छ। निर्माणको मुख्य सिजनमा मूल्य बढ्दा लागत थपिएको छ, जसले सार्वजनिक तथा निजी निर्माणमा प्रत्यक्ष असर पार्नेछ। पुरानो स्टकमा नयाँ अन्तःशुल्क लागू नहुने भए पनि त्यो स्टक छोटो समयमै सकिने भएकाले नयाँ मूल्य अनुसार सिमेन्ट खरिद गर्नुपर्ने अवस्था आएको छ।






















प्रतिकृया