जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले विवादित मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरेको छ।
सोमबार जिल्ला अदालत, पर्सामा प्रसाईंविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता गरिएको हो। उनीमाथि विद्युतीय कारोबारसम्बन्धी कसुर र राज्यविरुद्धको कसुरमा अभियोग लगाइएको छ।
सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएका अभिव्यक्तिहरूलाई आधार मानेर पर्सा प्रहरीले उनलाई ४ जेठमा पक्राउ गरेको थियो। त्यसयता उनी जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा छन् भने म्याद थप गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया