SHAREHUBSHAREHUB

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
AdvertisementAds
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर
AdvertisementAds

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका–२ स्थित मणिसंगम माध्यमिक विद्यालयमा कार्यरत प्राथमिक तह तृतीय श्रेणीका शिक्षक कृष्णबहादुर खन्गाहाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानमा खन्गाहाले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्ति लिएको पुष्टि भएको हो।

आयोगले जनाएअनुसार खन्गाहाले २०५९ साल मंसिर १ गते श्री भवानी माध्यमिक विद्यालय, नवलपरासीमा अस्थायी प्राथमिक तह शिक्षकका रूपमा नियुक्ति लिएका थिए। त्यसपछि २०७५ चैत २९ गते सोही विद्यालयमा प्राथमिक तहका स्थायी शिक्षक बनेका थिए।

अनुसन्धानका क्रममा उनले भारतस्थित ‘नागाल्याण्ड बोर्ड अफ स्कूल एजुकेशन, कोहिमा’ बाट जारी भएको भनिएको नक्कली प्रवेशपत्र, लब्धाङ्कपत्र तथा माइग्रेसन सर्टिफिकेट पेस गरेको भेटिएको आयोगले जनाएको छ।

हाल उनी मणिसंगम माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीय श्रेणी शिक्षकका रूपमा कार्यरत रही सोही आधारमा ओहोदा, तलबभत्ता तथा अन्य सुविधा लिइरहेको आयोगको आरोप छ।

AdvertisementAds

यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) अन्तर्गतको कसुर ठहर गर्दै आयोगले सोही ऐनबमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स