सामाजिक सुरक्षा कोषले २९ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै कोषले निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका पद पूर्ति गर्न आवेदन खुला गरेको हो।
निर्देशक र सहायक निर्देशक पद आन्तरिक प्रतियोगिताबाट पूर्ति गरिनेछ भने अन्य पदहरू लोकसेवा आयोगमार्फत खुला प्रतियोगितात्मक परीक्षाबाट पूर्ति गरिने कोषले जनाएको छ।
कोषले प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ प्रशासन सहायक, लेखापाललगायतका विभिन्न पदमा कर्मचारी माग गरेको छ। इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले माघ ३ गतेभित्र कोषको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
दोब्बर दस्तुर तिरी माघ १० गतेसम्म आवेदन दिने व्यवस्था गरिएको छ।














![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)





प्रतिकृया