नेपाल धितोपत्र बोर्ड र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच पुँजी बजारसम्बन्धी अध्ययन, अनुसन्धान, प्रशिक्षण तथा वित्तीय साक्षरता अभिवृद्धिका लागि सहकार्य गर्ने सम्झौता भएको छ। बुधबार आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठ र विभागीय प्रमुख प्रा. भवानीशंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास र विस्तारसँग सम्बन्धित अध्ययन तथा अनुसन्धान अगाडि बढाउने, वित्तीय साक्षरतासम्बन्धी पाठ्यक्रम विकास गर्दै सचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीलाई पुँजी बजारसम्बन्धी तालिम उपलब्ध गराउने र लगानीकर्ताका लागि समेत सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै बजारमा उनीहरूको सहभागिता गरिने जनाइएको छ।
यस सहकार्यमार्फत धितोपत्र बोर्डका कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्न विशेष तालिम तथा अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेछ।








![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)

![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)


![स्मार्ट मनी कन्सेप्टमा ‘Zero’ बाट ‘Hero’ बन्नुहोस् [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/7CwG7_zhc-w-maxresdefault-768x432.jpg)






प्रतिकृया