नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र नातावाद बढ्दै गएको भन्दै त्यसप्रति आलोचना भइरहेको स्वीकार गरेका छन्।
विशेष महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रस्तावमा उनले एकै परिवारका सदस्य-विशेषगरी श्रीमान–श्रीमती एकै तहमा जनप्रतिनिधि बन्ने प्रवृत्तिले आम नागरिकमा असन्तोष बढाएको उल्लेख गरेका छन्। यस्तो अवस्था पार्टीका लागि अलोकप्रिय बन्दै गएको उनको भनाइ छ।
उम्मेदवार छनोटलाई पारदर्शी र न्यायपूर्ण बनाउन उनले प्राइमरी चुनाव (आन्तरिक मतदान) को व्यवस्था लागू गर्न प्रस्ताव गरेका छन्।
‘पार्टी भित्रको आन्तरिक सुशासनमा प्राय प्रश्न उठ्ने गरेको विषय हो– पार्टीका उम्मेदवारहरू चयनमा रहेको परम्परागत प्रणाली । हामीले उम्मेदवार चयनका लागि लोकप्रियता, योग्यता र न्यायको मिश्रण सहितको नयाँ पद्धति विकास गर्न सकेका छैनौँ ।’ प्रस्तावमा भनिएको छ।













![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया