स्वर्णिम वाग्लेको नेतृत्वमा उम्मेदवार छनोट सिफारिस उपसमिति गठन

स्वर्णिम वाग्लेको नेतृत्वमा उम्मेदवार छनोट सिफारिस उपसमिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) समूह र उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गरेका छन्।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा सात सदस्यीय उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गरिएको छ।

समितिमा रास्वपाबाट दुई जना, मेयर बालेन्द्र साहको तर्फबाट दुई जना र उज्यालो नेपाल पार्टीबाट दुई जना सदस्य रहनेछन्। बाँकी एक सदस्यको टुंगो लगाउन बाँकी रहेको बताइएको छ।

रास्वपाबाट शिशिर खनालको नाम प्रस्ताव गरिएको छ भने अर्को सदस्यको नाम तय हुन बाँकी छ। उज्यालो नेपाल पार्टीबाट जीतराम वाइबा र राजु थापाको नाम प्रस्ताव गरिएको छ। बालेनको तर्फबाट सागर ढकाल र सुदिप ढकालको नाम प्रस्ताव गरिएको छ।

यसअघि समानुपातिक उम्मेदवार छनोटको विषयमा विवाद भएपछि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसमा समस्या नआओस् भनेर उपसमिति गठन गरिएको हो।

रास्वपा केन्द्रीय समितिको बैठकले उक्त उपसमितिलाई औपचारिक रूपमा अनुमोदन गर्ने जनाइएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स