बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन ५ गते
बीवाईडीले गर्यो डिपाईलट एडभान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम सार्वजनिक

विश्वका अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो डिपाईलट एड्भान्स्ड इन्टेलिजेन्ट ड्राइभिङ असिस्टेन्स सिस्टम (डिपाईलट सिस्टम) सार्वजनिक गरेको छ।

यो प्रणाली तीन भिन्न संस्करणहरू – डिपाईलट ६००, डिपाईलट ३००, र डिपाईलट १०० – सहित उपलब्ध छ। यसले स्मार्ट ड्राइभिङ प्रविधिलाई सबै ग्राहकहरूको लागि सहज बनाउँछ, र बीवाईडीले यसलाई बिना अतिरिक्त शुल्क आफ्ना सबै मोडेलमा उपलब्ध गराउने बताएको छ।

डिपाईलट प्रणालीमा उच्च प्रविधिका सेन्सर र क्यामेरा छन्, जसले स्वचालित ड्राइभिङ र पार्किङ, साथै हाई स्पिड नेभिगेसन जस्ता सुविधाहरू प्रदान गर्छ। यसले सुरक्षा, आराम र सहजता बढाउनमा योगदान पुर्याउँछ। बीवाईडीले यसको प्रणालीलाई सबै गाडीहरूको लागि उपलब्ध गराउने लक्ष्य राखेको छ, जसले ग्राहकहरूको सुरक्षा र अनुभवलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ।

बीवाईडीले ५,००० भन्दा बढी इन्जिनियरहरूको सहयोगमा स्मार्ट ड्राइभिङ प्रविधिको विकास गर्दै, सुरक्षित र दिगो यातायात समाधानहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स