बुटवल पावर कम्पनी लिमिटेड ले थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने पूर्वघोषणा रद्द गर्दै हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको चैत २२ गते (शुक्रबार) बसेको बैठकले यो निर्णय गरेको हो।
पहिले कम्पनीले प्रतिकित्ता रू. १०० दरमा एक करोड कित्ता एफपीओ जारी गर्ने योजना बनाएको थियो। सोही अनुसार धितोपत्र बोर्डसँग अनुमति पनि मागिएको थियो। तर, अब उक्त एफपीओ प्रक्रिया रद्द गरी, हाल कायम रहेको चुक्ता पूँजीको ४० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरिएको कम्पनीले जानकारी दिएको छ।
हाल बुटवल पावरको चुक्ता पूँजी रू. ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रहेको छ। त्यसको ४० प्रतिशतअनुसार कम्पनीले रू. १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० बराबरको हकप्रद सेयर जारी गर्नेछ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया