व्यापारीले व्यापार गर्ने र उद्योगपतिले उद्योग खोल्ने हो, सरकारले होइनः सभापति देउवा



Advertisement
Ads

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले उद्योग खोल्ने र व्यापार गर्ने काम नगर्ने बताएका छन्। सोमबार कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले भने, ‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो । सरकारले व्यापार र उद्योग सञ्चालन गर्ने होइन,। ‘त्यस कारण निजी क्षेत्रले नै व्यापार सञ्चालन गर्नुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ।’


Advertisement

यस्तै, आगामी आर्थिक वर्षको कार्यक्रममा सरकारले निजी क्षेत्रले उठाएका सवाल सम्बोधन गर्ने विश्वास सभापति देउवाले व्यक्त गरे। उनले भने, ‘मलाई विश्वास छ, आर्थिक वर्ष ०८२/८३ को बजेटले निजी क्षेत्रले उठाएका सवालहरूलाई सम्बोधन गर्नेछ र आर्थिक क्षेत्रलाई थप चलायमान बनाउनेछ ।’

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर