व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा

व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल रास्वपाको समानुपातिक सूचीमा

उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका प्रमुख चन्द्र ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार सूचीमा परेका छन्।

रास्वपाले सार्वजनिक गरेको समानुपातिक उम्मेदवार सूचीअनुसार सचिन खस–आर्य समूहको दोस्रो नम्बरमा समेटिएका छन्। उनी खेलकूद, पर्यटनर र हस्पिटालिटी व्यवसायमा सक्रिय छन्।

सचिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कोटाबाट समानुपातिक सूचीमा परेका हुन्।

सचिनले विद्यालय तहको अध्ययन भारतको दिल्लीबाट पूरा गरेका हुन् भने अमेरिकाबाट ‘उद्यमशीलता’ विषयमा स्नातकोत्तर अध्ययन गरेका छन्। अध्ययन पूरा गरेपछि उनी आईएमई ग्रुपअन्तर्गतका विभिन्न हस्पिटालिटी व्यवसायहरूको व्यवस्थापनमा संलग्न हुँदै आएका छन्।

सचिनको व्यवस्थापनमा ‘इला कम्फर्ट’ ब्रान्डअन्तर्गतका होटलहरू सञ्चालनमा छन्। त्यससँगै उनी नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित एफसी चितवनको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स