बुङ्गल हाइड्रो लिमिटेडले थप सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आज (बिहान ९ः३०) बजे बाँडफाँड गर्ने तयारी गरेको हो।
कम्पनीले भदौ १६ देखि १९ गतेसम्म थप सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। यस क्रममा कम्पनीले कुल १७ लाख १ हजार ५०० कित्ता आईपीओ जारी गरेको हो। यस आधारमा, कुल आवेदन दिने १ लाख ७० हजार १५० जनाले मात्र १० कित्ताका दरले आईपीओ प्राप्त गर्नेछन्।



















प्रतिकृया