instainsta

बुद्धभुमी नेपाल हाईड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १ गते
बुद्धभुमी नेपाल हाईड्रोपावरले बोलायो साधारण सभा, केके छन् प्रस्तावहरु ?
AdvertisementAds

बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको बैठक कात्तिक ३० गते बसेर सो सभा बोलाउने निर्णय गरेको हो।

साधारण सभा मंसिर २४ गते बिहान ११ बजे, काठमाण्डौको पानीपोखरीस्थित वालनट विष्ट्रोमा सुरु हुनेछ। कम्पनीले लाभांशको घोषणा नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै प्रस्ताव पेश हुनेछैन।

सभामा आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८२ असार मसान्तसम्मको वासलात, आव २०८१/८२ को नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। साथै, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स