बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २२ गतेदेखि सेयरधनीहरूका लागि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालको ४० करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।
यस हकप्रदमा माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम भएका सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म बैंकिङ समयभित्र दिन सकिनेछ।
कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘IRN Double B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
हकप्रद सेयर निष्काशन तथा बाँडफाँडपछि कम्पनीको चुक्ता पूँजी ४० करोडबाट बढेर ८० करोड रुपैयाँ पुग्नेछ। यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ।

















प्रतिकृया