सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइने भएको छ। लामिछानेलाई हिरासतमा राख्नका लागि लिइएको ५ दिनको म्याद सोमबार सकिसँगै, आज (मंगलबार) फेरि कास्की अदालतमा उपस्थित गराउन लागिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अभियोजन नगरेसम्म उनलाई हिरासतमा राख्न म्याद थप गर्नुपर्ने भएकाले अदालतमा उपस्थित गराइने छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनको अनुसन्धान गर्न पाउने समय रहेको छ, र पुस ५ मा उनलाईविरुद्ध अभियोग पत्र दायर गरिनेछ। प्रहरीले अनुसन्धान प्रतिवेदन तयार गरेर सरकारी वकिलको कार्यालयमा हस्तान्तरण गरिसकेको छ। ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगिसकेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया