instainsta

आयात निर्यात दुवै बढ्यो, व्यापार घाटा साढे १२ खर्ब माथि

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २७ गते
आयात निर्यात दुवै बढ्यो, व्यापार घाटा साढे १२ खर्ब माथि
सांकेतिक तस्बिर
AdvertisementAds

चालू आर्थिक वर्षको १० महिनामा नेपालको कुल वस्तु निर्यात ७२.७ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३.६ प्रतिशतले घटेको थियो।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार यस अवधिमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः १०४.७ प्रतिशत, ५.१ प्रतिशत र ४.२ प्रतिशतले बढेको देखिन्छ।

भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, र पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोसाक, जुस र अलैंचीलगायतको निर्यात घटेको छ।

दस महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात २.४ प्रतिशतले घटेको थियो। भारत, चीन र अन्य मुलुकबाट क्रमशः ७.९ प्रतिशत, १५.१ प्रतिशत र २८.३ प्रतिशतले आयात वृद्धि भएको देखिएको छ।

पेट्रोलियम पदार्थ, सुन, विद्युतीय उपकरण, रासायनिक मल, कोइलालगायत वस्तुको आयात घटेको छ।

यस अवधिमा कुल व्यापार घाटा ६.७ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा २.३ प्रतिशतले घटेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स