SHAREHUBSHAREHUB

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, केके छन् एजेन्डाहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ५ गते
AdvertisementAds
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, केके छन् एजेन्डाहरु ?
AdvertisementAds

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन्। प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल मुख्य एजेन्डाका रूपमा रहनेछ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ। बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यक्रम रहेको छ।

त्यसपछि बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल अघि बढाइने संसद् सचिवालयले जनाएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची रहेको छ।

त्यसैगरी राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। बैठकको सुरुमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन्।

त्यसपछि राष्ट्रिय सभामा पनि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ। छलफलमा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची तय गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स