राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा रिमा विश्वकर्मादेखि आसिफ साहसम्म समेटिएका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा रिमा दलित महिला क्लष्टरबाट पहिलो सूचीमा छन्। उनी उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्य थिइन्।
कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल रास्वपामा आएपछि रिमा समानुपातिकमा समेटिएकी हुन्। यता आसिफ भने लामो समयदेखि रास्वपामै आबद्ध थिए।
उनी मुस्लिम क्लष्टरमा समेटिएर समानुपातिक सूचीमा समेटिएका हुन्। रास्वपाले कुलमान समूह, बालेन्द्र शाह ‘बालेन’ समूह समेत समेटेर समानुपातिक सूची आयोगमा बुझाइसकेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया