instainsta

भगवति हाईड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

भगवति हाईड्रोपावरको बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
AdvertisementAds

भगवती हाइड्रोपावर कम्पनीले आफ्ना सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा गरिदिएको छ। भदौ ३१ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीका खातामा बोनस सेयर पठाइएको कम्पनीले जनाएको छ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेका सेयरधनीले बोनस सेयर पाउनका लागि आफ्ना भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ। डिम्याट प्रक्रिया पूरा भएपछि मात्र बोनस सेयर सम्बन्धित खातामा जम्मा गरिने कम्पनीले जनाएको छ।

कम्पनीको असोज १६ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र १०.७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। यसअन्तर्गत नगद लाभांश भने यसअघि नै सेयरधनीको बैंक खातामा जम्मा गरिसकिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स