विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी ललितपुर ल्याइयो

विष्णु पौडेललाई सुर्खेतबाट पक्राउ गरी ललितपुर ल्याइयो

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई मंगलबार बिहान ललितपुर ल्याइएको छ। उनलाई सोमबार साँझ सुर्खेतबाट प्रहरीले पक्राउ गरेको थियो।

सुरुमा उनलाई बाँकेको नेपालगन्जस्थित जिल्ला प्रहरी कार्यालयमा राख्ने तयारी भए पनि सुरक्षाको कारण देखाउँदै राति नै सार्वजनिक बसमार्फत काठमाडौं पठाइएको हो। उनलाई कलंकी र बल्खु हुँदै सिधै ललितपुरस्थित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यालयमा पुर्‍याइएको छ।

विभागको पत्राचारका आधारमा नियन्त्रणमा लिइएका पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिनका लागि आजै अदालतमा पेस गर्ने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स