नेपाली कांग्रेसका नेता विनोद चौधरीले नेपालमै गरिखाने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। विशेष महाधिवेशन पक्षधरको सभालाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलन भ्रष्टाचारविरुद्धको मात्र नभई राष्ट्रिय निर्माणको अभियानसमेत भएको बताए।
चौधरीले पछिल्ला ३५ वर्षमा राजनीतिले बाटो बिराएको उल्लेख गर्दै कांग्रेसभित्र ५० प्रतिशत जेन–जीको प्रतिनिधित्व आवश्यक रहेको धारणा राखे। उनले राजनीति पेशा नभई समाज रूपान्तरण गर्ने माध्यम भएको भन्दै परिवर्तनका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता अनिवार्य रहेको बताए।
त्यसैगरी, उनले राजनीतिमा क्षमताका आधारमा जिम्मेवारी बाँडफाँड हुनुपर्ने र काखा–पाखा गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिए।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया