विद्युत बिक्री आम्दानी सामान्य बढ्दा बिन्ध्यवासिनी हाइड्रोको नाफा २२ प्रतिशतले बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
विद्युत बिक्री आम्दानी सामान्य बढ्दा बिन्ध्यवासिनी हाइड्रोको नाफा २२ प्रतिशतले बढ्यो
AdvertisementAds

बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार, कम्पनीको खुद नाफा २२.१३ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यो रकम ४ करोड ९४ लाख रुपैयाँ थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी ३६ करोड ५३ लाख रुपैयाँबाट बढेर ३८ करोड ८३ लाख रुपैयाँ पुगेको छ। यसका अतिरिक्त, कम्पनीले १ करोड ७९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ।

खर्चतर्फ, प्रशासनिक खर्च ५ करोड ७९ लाख रुपैयाँ, मर्मत तथा सम्भार खर्च २ करोड १९ लाख रुपैयाँ भएको छ, भने वित्त खर्च १४ करोड १७ लाख रुपैयाँबाट घटेर १३ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड रुपैयाँ, कुल चालु सम्पत्ति १० करोड ८ लाख रुपैयाँ, र कुल चालु दायित्व ८ करोड ५९ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३७ पैसा कायम भएको छ।

AdvertisementAds

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स