भुगर्भ सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौ.मा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षकका नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै आईपीओ निष्कासन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र दुई जना सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)


प्रतिकृया