‘अवैध भेप’ मा भाटभटेनीको कुनै संलग्नता छैन, बदनाम गराउने षड्यन्त्र हो- अध्यक्ष गुरुङ

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ८ गते
‘अवैध भेप’ मा भाटभटेनीको कुनै संलग्नता छैन, बदनाम गराउने षड्यन्त्र हो- अध्यक्ष गुरुङ

सिन्धुपाल्चोकमा प्रहरीले नियन्त्रणमा लिएको ट्रकमा फेला परेको ‘अवैध भेप’ भाटभटेनी सुपरमार्केटसँग कुनै संलग्नता  नभएको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले प्रष्ट पारेका छन्।बिहीबार प्रतिनिधिसभामा सांसद गंगा कार्की र मनिष झाले ट्रकमा भेटिएको अवैध भेप भाटभटेनीको रहेको आरोप लगाएका थिए। उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष गुरुङले सांसदहरूको दाबीमा कुनै सत्यता नरहेको बताए। साथै, भ्रामक सूचनाकापछि नलाग्न आम नागरिकलाई आग्रह गरेका छन्।

भाटभटेनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि उक्त कन्टेनर तातोपानी भन्सारबाट शिल गरिएको थियो, र त्यसमा आयात गरिएको सामग्री कानुनी रूपमा पास गरिएको थियो। चालकले भने आफू बस्ने सिटमुनी अवैध रूपमा भेप लुकाइ ल्याएको प्रहरीले पुष्टि गरिसकेको छ। यस्तो अवस्थामा भाटभटेनीलाई दोषारोपण गर्नु दुर्भाग्यपूर्ण रहेको अध्यक्ष गुरुङको भनाइ छ।

कर्पोरेट संस्थाको बदनाम गराउने नियतले गरिएको प्रचारलाई भाटभटेनीले खेदजनक भन्दै निष्पक्ष छानबिनको माग गरेको छ। साथै, पक्राउ परेका चालकको अनुसन्धानमार्फत सत्य तथ्य बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ। अध्यक्ष गुरुङले मुलुकको समृद्धि र राष्ट्र निर्माणमा योगदान दिइरहेको संस्थामाथि कपोलकल्पित आरोप लगाइनु दुःखद भएको बताए। अरबौं रुपैयाँ सामाजिक कार्यमा लगानी गरिरहेको संस्थाविरुद्ध यसरी प्रचार हुनु राम्रो काम गर्नेहरूको मानसिकता कमजोर पार्ने षड्यन्त्र भएको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स