SHAREHUBSHAREHUB

भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

AdvertisementAds
भरतपुर महानगरकी मेयर रेनु दाहालले दिइन् राजीनामा
AdvertisementAds

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले राजीनामा दिएकी छन्। आज सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन्।

प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिने तयारीमा रहेकी दाहालले पत्रकारहरूसँगको छलफलमा करिब दुई कार्यकाल मेयरको रूपमा काम गरेपछि अब नयाँ भूमिकाका लागि तयार भएको बताइन्। उनले जुनसुकै भूमिका भए पनि जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

मेयरको हैसियतमा भरतपुरमा धेरै काम गर्न सफल भएको दाबी गर्दै दाहालले जनताले काम गर्नेलाई मात्र छान्नु पर्नेमा जोड दिइन्। उनका अनुसार योग्य व्यक्ति र काममुखी नेताले मात्र क्षेत्रको विकास र सेवा सुनिश्चित गर्न सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स