थुनछेकको आदेश अघि रविले न्यायाधीशलाई भने, “सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो न्याय पाउँ श्रीमान्”

थुनछेकको आदेश अघि रविले न्यायाधीशलाई भने, “सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो न्याय पाउँ श्रीमान्”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूमाथि प्रतिशोधपूर्ण ढङ्गले मुद्दा लगाइएको दाबी गर्दै न्यायालयबाट स्वतन्त्र र निष्पक्ष आदेशको माग गरेका छन्।

बिहीबार कास्की जिल्ला अदालतमा थुनछेक बहसअघि न्यायाधीश नीतिज राईले प्रतिवादीलाई बोल्न समय दिएका थिए। लामिछानेले ५ मिनेट समय पाउँदै आफूलाई अन्यायपूर्ण ढङ्गले मुद्दा दायर गरिएको बताए।

लामिछानेले न्यायाधीशलाई भने, “सरकारले प्रतिशोधपूर्ण मुद्दा लगायो, श्रीमान् न्याय पाउँ। “सहकारी पीडितको पक्षमा काम गरिरहेका बेला सरकारको प्रतिशोधी कदमस्वरूप मुद्दा लगाइएको उनको भनाइ छ।

लामिछानेले न्यायालयमा भने, “संसदीय समितिको छानबिन प्रतिवेदन एकातिर, सरकारको निर्णय अर्कोतिर, र मुद्दा अर्कोतर्फको छ।” उनले न्यायिक प्रक्रियालाई सघाउने प्रतिबद्धता जनाउँदै बाहिरै बसेर मुद्दा लड्न पाउने आदेशको माग गरे।

लामिछानेले आफ्नो पार्टीले सहकारी समस्या समाधानका लागि सरकारलाई अध्ययन प्रतिवेदन र प्रस्ताव बुझाएको पनि स्मरण गराए। उनले सहकारी क्षेत्रका पीडितहरूको पक्षमा काम गरिरहेको अवस्थामा मुद्दा दायर गरिएको बताउँदै न्यायको माग गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स