SHAREHUBSHAREHUB

ओलीलाई हराएर सिंहदरबार प्रवेश गर्ने रणनीतिमा बालेन, माघ ५ भित्र मेयर पदबाट राजीनामा दिने

AdvertisementAds
ओलीलाई हराएर सिंहदरबार प्रवेश गर्ने रणनीतिमा बालेन, माघ ५ भित्र मेयर पदबाट राजीनामा दिने
AdvertisementAds

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उक्त क्षेत्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।

बालेन झापा–५ बाट ओलीसँगै चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको र त्यसका लागि आवश्यक गृहकार्य अघि बढाइएको उनको सचिवालय श्रोतले जनाएको छ। उनका तर्फबाट झापा–५ को मतदाता अवस्था, विकास निर्माणको स्थिति र स्थानीय राजनीतिक शक्तिको समीकरणबारे प्रारम्भिक सर्वेक्षण भइरहेको बताइएको छ।

यसै सिलसिलामा बालेनले झापाका स्थानीय नेता तथा कार्यकर्तासँग निरन्तर भेटघाट र छलफल गरिरहेका छन्। आइतबार ललितपुर–१०, ज्वागलस्थित आफ्ना सल्लाहकार कुमार बेञ्जनकारको निवासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाका अध्यक्ष प्रकाश पाठक, सचिव शम्भु सुस्केरासहितको टोलीसँग करिब डेढ घन्टा छलफल भएको थियो।

बालेनले आगामी माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ।

AdvertisementAds

हाल बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा वरिष्ठ नेताका रूपमा आबद्ध छन्। पार्टीले उनलाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवारसमेत घोषणा गरिसकेको छ।

झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मानिन्छ। उनी उक्त क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स