बालेनले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराए

बालेनले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराए

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।

यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट प्राप्त गरेका साहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै आफू परिवर्तनको एजेन्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

झापा–५ लाई पछिल्लो समय राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र मानिँदै आएको छ। यही क्षेत्रबाट नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्, जसका कारण साह र ओलीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चित भएको छ।

दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा झापा–५ देशकै सबैभन्दा रोचक प्रतिस्पर्धा हुने निर्वाचन क्षेत्रका रूपमा हेरिएको छ।

614783720 1932798894310775 5080368100969029263 n https://bajarkochirfar.com/balen-files-candidacy-from-jhapa-constituency-no-5 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स