कांग्रेस–एमाले सहकार्य अपरिहार्य भएको बादलको भनाइ, बराबर सिट बाँड्ने प्रस्ताव

कांग्रेस–एमाले सहकार्य अपरिहार्य भएको बादलको भनाइ, बराबर सिट बाँड्ने प्रस्ताव

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापाले देश संकटमा परेको अवस्थामा कांग्रेस र एमालेबीच ढिलाइ नगरी सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। निर्वाचनको माहोल बन्दै गएको सन्दर्भमा उनले दुई ठूला दलबीच रणनीतिक मोर्चाबन्दी अपरिहार्य भएको बताए।

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले मुलुकलाई वर्तमान संकटबाट निकास दिन कांग्रेस–एमाले संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखे।

“कांग्रेस र एमालेको, दुवै शक्तिहरूको संयुक्त आन्दोलनबाट हामी लोकतन्त्रको पुनस्थापना गर्नसक्छौँ। त्यसकारण यो रणनीति, यो बाटोबाट हामी अगाडि बढ्यौँ भने हामीले लोकतन्त्रलाई फेरि पुनःस्थापना गर्न सकिन्छ। र, हाम्रो सहकार्य, हाम्रो मोर्चाले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई हामी टिकाउन सक्छौँ। त्यसकारण अविलम्ब दुवै दलले अवको लोकतन्त्रलाई पुनस्थापित गर्ने रणनीति र यसका कार्यनीतिहरु सुविचारित ढंगले निश्चित गर्न जरुरी छ,” उनले भने।

थापाका अनुसार संसद पुनःस्थापना गरेर वा निर्वाचनमार्फत अघि बढेर प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सकिन्छ। यही सन्दर्भमा उनले निर्वाचनमा कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्ने प्रस्ताव अघि सारे।

“नयाँ संसद पुनःस्थापना गरेर होस् वा विघटित संसद पुरानो संसदलाई पुनःस्थापना गरेर होस्। यो दुई वटा बाटोबाट हामी अगाडि बढ्नसक्छौँ,” उनले भने, “त्यसकारणले नयाँ संसदमा वामपन्थी लोकतन्त्रवादी शक्तिहरुको वर्चश्वलाई स्थापित गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्नसक्छौँ।”

उनले अदालत वा सडकको बाटोबाट फागुन २१ सम्म पुरानो संसद पुनःस्थापना गर्ने समय बाँकी रहेको उल्लेख गरे।

“वा हामीले विघटित संसदलाई पुनःस्थापित गरेर त्यो अदालतको बाटोबाट वा सडकको बाटोबाट फागुन २१ सम्म हामीलाई समय छ,” उनले भने।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स