instainsta

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर भर्ने म्याद थप, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १३ गते
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर भर्ने म्याद थप, अब कहिलेसम्म दिन सकिन्छ आवेदन ?
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्काशनमा ल्याएको ४२ प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद साउन २० गतेसम्म थप गरिएको छ। कम्पनीले हाल कायम १० कित्ता बराबर ४.२ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार, कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो।

यो निष्काशनका लागि बुकक्लोज मिति जेठ १६ गते तोकिएको थियो। जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भएका सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ए माइनस रेटिङ्ग दिएको छ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। आवेदन मुक्तिनाथ विकास बैंक, एशियन लाइफ इन्स्योरेन्सका कार्यालयहरू, तथा मेरो शेयरमार्फत गर्न सकिन्छ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रहेको छ, जुन हकप्रदपछि ४ अर्ब ८२ करोड पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स