एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड सम्पन्न, सेयर नपाउनेको रकम कहिले फिर्ता हुने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ९ गते
एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड सम्पन्न, सेयर नपाउनेको रकम कहिले फिर्ता हुने ?
AdvertisementAds

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ।

कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्काशनमा आएको हो। तर, यसमध्ये १ करोड ३९ लाख २० हजार ८०० कित्ताका लागि मात्र आवेदन परेको कम्पनीले जनाएको छ।

रीतपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना सेयरधनीलाई भदौ ८ गते बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत बाँडफाँड गरिएको हो। बाँडफाँडपछि अझै ३ लाख ५८ हजार ५१२.४८ कित्ता हकप्रद सेयर बाँकी रहेको छ जुन कम्पनीले लिलाम (बढाबढ) प्रक्रिया मार्फत बिक्री गर्नेछ।

साथै, आफ्नो हकभन्दा बढी माग गरेर आवेदन गरेका सेयरधनीलाई बाँडफाँडमा नपरेको सेयरबापतको रकम भदौ ११ गतेदेखि सम्बन्धित बैंक खातामा फिर्ता पठाइने पनि कम्पनीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स