पार्टी विवाद चर्किँदै जाँदा देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

पार्टी विवाद चर्किँदै जाँदा देउवाले बोलाए आफू निकट शीर्ष नेताको बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न आफू निकटका शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

सभापति देउवाको निवास महाराजगञ्जमा आज दिउँसो २ बजेका लागि तय गरिएको उक्त बैठकमा वर्तमान तथा पूर्व पदाधिकारीहरू सहभागी हुने देउवा निकट एक पूर्व पदाधिकारीले जानकारी दिए। उनका अनुसार बैठकको मुख्य एजेन्डा पार्टीभित्रको आन्तरिक विवाद र त्यसको समाधानबारे छलफल गर्ने रहनेछ।

कांग्रेसभित्र विशेष महाधिवेशन गर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन सम्भव नरहेको संस्थापन पक्षको अडानका कारण विवाद चुलिँदै गएको छ।

यसअघि कार्यसम्पादन समितिले निर्वाचनपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ। तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विधानअनुसार माग भइसकेकाले विशेष महाधिवेशन अनिवार्य हुनुपर्ने अडान राख्दै तयारी अघि बढाइरहेका छन्।

कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ। यद्यपि, विशेष महाधिवेशन पक्षधरहरूले भने यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गराउनुपर्ने माग कायमै राखेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स