आइएमई लाइफको सेयर होल्ड गर्नु भएको छ ? यसकारण बढ्यो नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २५ गते
आइएमई लाइफको सेयर होल्ड गर्नु भएको छ ? यसकारण बढ्यो नाफा
Advertisement Ads

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, कम्पनीको खुद नाफा ९.१८ प्रतिशतले बढेर १५ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि भएको कारण कम्पनीको नाफा बढेको हो। असोज मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ३२ प्रतिशतले बढेर १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेकोच छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १६ करोड ४२ लाख रुपैयाँ थियो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

यता, कम्पनीको कुल आम्दानी २५.३३ प्रतिशतले बढेर १ अर्ब ९८ करोड ३ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा १ अर्ब ५८ करोड १ लाख रुपैयाँ थियो। यस्तै, कम्पनीको कुल खर्च पनि २६.९७ प्रतिशतले बढेर १ अर्ब ८२ करोड २० लाख रुपैयाँ पुगेको छ।

Advertisement Ads

समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमाकोषको आकार ४०.८१ प्रतिशतले बढेर १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमाकोषको आकार १० अर्ब ७ करोड ४२ लाख रुपैयाँ मात्र थियो।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २७ करोड ८६ लाख रुपैयाँ, जगेडा कोषमा ८६ करोड २६ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ०७ पैसाले बढेर १२ रुपैयाँ ६७ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा र मूल्य–आम्दानी अनुपात ३३.५६ गुणा रहेको छ।

ILI 1 https://bajarkochirfar.com/are-you-holding-shares-of-ime-life-this-is-why-profits-increased | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स