विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा अन्तिम दिनसम्म झण्डै २ अर्ब ३३ करोड रुपैयाँ बराबरको आवेदन परेको छ।
मंगलबार साँझ ५ बजेर ७ मिनेट सम्मको विवरण अनुसार, १९ लाख ७४ हजार ७०९ जना आवेदकले करिब २ करोड ३३ लाख ८४ हजार कित्ता सेयर माग गरेका छन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ५१ हजार २९२.५ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले निर्वाह गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक स्वीकृति प्राप्त भएपछि एफपीओ निष्काशन गरिएको थियो।
धितोपत्र बाँडफाँट निर्देशिका अनुसार, १० कित्ताका दरले सेयर बाँडफाँट गर्दा, जम्मा ५ हजार १२९ जना आवेदकले मात्र सेयर प्राप्त गर्न सक्ने छन्।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया