नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता कति चाहिन्छ ?

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुला, योग्यता कति चाहिन्छ ?
Advertisement Ads

नेपाल बीमा प्राधिकरणले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पद खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। इच्छुक र योग्य व्यक्तिले १५ दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य खामबन्दीमा आवेदन दिनुपर्नेछ।

अध्यक्ष पदका लागि उम्मेदवारले मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सोसरहको उपाधि हासिल गरेको हुनुपर्छ। साथै, सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालमाथि भ्रष्टाचार मुद्दा लागेपछि सो पद खाली भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेपछि सिलवाल स्वतः निलम्बनमा परेका थिए। हाल उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले जिम्मेवारी सम्हालिरहेका छन्।

vacancy beema DmJoiTalJA https://bajarkochirfar.com/application-is-open-for-the-post-of-chairman-of-nepal-insurance-authority-how-much-qualification-is-required | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स