अपि पावर कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनी दार्चुला पावर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले उक्त सहायक कम्पनीमा ७३ करोड रुपैयाँ लगानी गर्न लागेको हो
कम्पनीले दार्चुला पावर लिमिटेडले दार्चुला जिल्ला, मार्मा गाउँपालिकामा प्रवद्र्धन गरिरहेको २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत अयोजना निर्माणको लागि आवश्यक स्वपूँजी १ अर्ब ४१ करोड ५२ लाख रुपैयाँको ५१ दशलमव ५८२ प्रतिशतले हुने ७३ करोड रुपैयाँ लगानी गरी सो कम्पनीमा बहुमत शेयर कायम गर्ने निर्णय गरेको छ ।
कम्पनीको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो लगानीका लागि कम्पनीको २१औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको थियो ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया