निर्देशक सुदिप्ता निर्देशित नयाँ फिल्म ‘रमिताको पिरती’ २३ माघदेखि देशभर प्रदर्शनमा आएको छ।
महिलाप्रधान फिल्ममा अभिनेत्री आना शर्मा शीर्ष भूमिकामा छन्। उनको साथमा धीरज मगर र विनय श्रेष्ठ अभिनय गरेका छन्। यस फिल्मबाट गायक समीर श्रेष्ठ ले फिल्म पर्दामा डेब्यू गर्दैछन्। फिल्ममा आना ‘रमी’ पात्रको भूमिकामा देखिएकी छिन्।
आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेका यस फिल्ममा आरपी प्रोडक्सन एसोसिएट निर्माताको रूपमा संलग्न छ भने निर्माता सागर लम्साल हुन्।
फिल्मको संगीत सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल द्वारा तयार गरिएको छ। शिशिर विशांखेको छायांकन, सुनिल सिवाकोटीको सम्पादन, कपिल पराजुलीको रङ संयोजन र कातिक बरालको नृत्य निर्देशन रहेको छ।
फिल्म काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र एप्पल इन्टरटेन्मेन्ट, भने मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।
















प्रतिकृया