SHAREHUBSHAREHUB

रास्वपा प्रवेश गर्दै अमरेश सिंहले भने, बालेन ‘महानायक’ हुन्, प्रधानमन्त्री बनाउने समय आयो

AdvertisementAds
रास्वपा प्रवेश गर्दै अमरेश सिंहले भने, बालेन ‘महानायक’ हुन्, प्रधानमन्त्री बनाउने समय आयो
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नवप्रवेशी नेता डा. अमरेश कुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई देशको ‘महानायक’को संज्ञा दिएका छन्।

सोमबार जनकपुरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै सिंहले अब मधेसले देशलाई प्रधानमन्त्री दिनुपर्ने समय आएको बताएका हुन्। सत्ता केन्द्रित फोहोरी राजनीति अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले मधेसको भूमिबाट उदाएका बालेनलाई देशको नेतृत्व सुम्पन आग्रह गरे।

पुराना राजनीतिक दलहरूप्रति आक्रामक रूपमा प्रस्तुत भएका सिंहले ती शासकहरूले जनताको रगत र पसिनासँग होली खेलेको आरोप लगाए। अदालतलाई समेत प्रभावमा पारेर लुटतन्त्र मच्चाउने ‘खलनायकहरू’लाई समाप्त पार्न यसपटक घन्टी चुनाव चिह्नमा भोट हाल्नुपर्ने उनको भनाइ थियो।

बालेन शाहले भ्रष्टाचार हुन नदिने र भ्रष्टाचार गर्नेलाई नछोड्ने दाबी गर्दै सिंहले नेपाली राजनीतिका शिखर पुरुष बिपी कोइरालाको स्मरण पनि गरे।

उनले भने, ‘अहिलेका बिपी कोइराला रवि र बालेन हुन्।’ मधेस र देशको स्वाभिमानका लागि बालेन शाह र रवि लामिछानेको नेतृत्व स्थापित गर्नुपर्नेमा सिंहले जोड दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स