नाफासँगै छिमेक लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढ्यो

नाफासँगै छिमेक लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढ्यो

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी १.८८ प्रतिशतले घटेर १ अर्ब ३५ करोड ८७ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानीमा गिरावट आएपनि इम्पेरमेन्ट चार्ज घट्दा कम्पनीको खुद नाफा बढेको हो ।कम्पनीको इम्पेरमेन्ट चार्ज २४ करोड ८ लाख रुपैयाँबाट घटेर १२ करोड ७९ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी १.५० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.५७ प्रतिशत बढेको छ।

३ अर्ब २१ करोड ५३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छिमेक लघुवित्तको जगेडा कोषमा ४ अर्ब ४२ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा कम्पनीले ४० अर्ब १६ करोड ६८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ३७ अर्ब ८२ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। पुसमसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ८४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३७ रुपयाँ ४९ पैसा रहेको छ र मूल्य आम्दानी अनुपात २६.६७ गुणा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स