SHAREHUBSHAREHUB

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड

AdvertisementAds
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड
AdvertisementAds

नबिल बैंकको पाँच अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ मंगलबार बाँडफाँड गरिएको छ। परिपत्र विधिबाट संस्थागत लगानीकर्ताबाट मात्र आवेदन संकलन गरी सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलमार्फत बाँडफाँड गरिएको बैंकले जनाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट मंसिर ५ गते अनुमति पाएको एक महिनाभित्रै नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन र बाँडफाँड प्रक्रिया पूरा गरेको हो। यो सेयर नेप्सेमा सूचीकृत भई कारोबारमा आउनेछ भने सूचीकृत भएपछि यसको कारोबार संस्थागत लगानीकर्तामा मात्र सीमित हुनेछ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर अवधि नतोकिएको तर निश्चित लाभांश दर दिने पुँजी बजार उपकरण हो। यस सेयरमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत लाभांश प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स