माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, कर्मचारीले प्रिमियम बैंकिङ सुविधासहित तलब खाता सञ्चालन गर्न पाउने

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, कर्मचारीले प्रिमियम बैंकिङ सुविधासहित तलब खाता सञ्चालन गर्न पाउने
Advertisement Ads

माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कोषका कर्मचारीलाई विशेष बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको छ। उक्त सम्झौताअनुसार कोषका कर्मचारीले प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खातामार्फत विभिन्न आधुनिक बैंकिङ सेवा प्राप्त गर्नेछन्।

सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याल तथा कर्मचारी सञ्चय कोषका कामु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधायुक्त तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ। बैंकका अनुसार यस खातामार्फत कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवाको लाभ लिन सक्नेछन्।

तलब व्यवस्थापन खातासँगै बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा, कार्डलगायतका विभिन्न बैंकिङ सुविधा पनि उपलब्ध गराइने बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको उल्लेख गरेको छ। बैंकका अनुसार कर्मचारी सञ्चय कोषसँगको यो सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तार हुनुका साथै कोषका कर्मचारीलाई थप सुविधाजनक र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स