SHAREHUBSHAREHUB

नक्कली अनुमति पत्र बनाएर छोकडा आयात गर्न खोज्ने अग्रवाल पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १८ गते
AdvertisementAds
नक्कली अनुमति पत्र बनाएर छोकडा आयात गर्न खोज्ने अग्रवाल पक्राउ
AdvertisementAds

 सरकारी कागजात किर्ते गरी छोकडा आयात गर्न खोजेको आरोपमा प्रहरीले सिम्विन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नवीन कुमार अग्रवाललाई पक्राउ गरेको छ।

नेपाल सरकारले छोकडा आयातमा पूर्ण बन्देज लगाएको अवस्थामा उनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप र पूर्व महानिर्देशकको हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयातको नक्कली अनुमति पत्र बनाएका थिए।

उक्त कागजात वीरगञ्ज भन्सार कार्यालयमा पेश गरिएको पाइएपछि प्रहरीले ५५ वर्षीय अग्रवाललाई २०८३ वैशाख १७ गते पर्साको आदर्शनगरबाट पक्राउ गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स