रास्वपामा प्रवेश गरेपछि अमरेश सिंह भन्छन्, “पहिलोपटक मधेशको छोरा देशको प्रधानमन्त्री बन्दै छ”

रास्वपामा प्रवेश गरेपछि अमरेश सिंह भन्छन्, “पहिलोपटक मधेशको छोरा देशको प्रधानमन्त्री बन्दै छ”

निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देश बालेनमय भएको बताएका छन्। आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका उनले मधेशको छोरा बालेन शाह पहिलोपटक देशको प्रधानमन्त्री बन्न लागेको र मधेशले पहिलोपटक सम्मान पाउने अवसर आएको बताए।

सिंहले रास्वपा सभापति रवि लामिछानेलाई ‘नायक’ र बालेन शाहलाई ‘महानायक’ ठहर गरेका छन्। शहीदको सपना साकार पार्न र मधेशका छोराछोरीको भविष्य सुनिश्चित गर्न पनि शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए।

सिंहका अनुसार नेपालका खलनायकहरू पहिले नै चिनिसकिएको हुँदा अब नायकहरूलाई जिताउनुपर्ने समय आएको छ। उनले भने, “सत्ताको राजनीति बन्द गर्ने समय हो यो, रास्वपालाई जिताउनुपर्छ। नायक आएपछि खलनायक परास्त हुन्छ।”

सिंहले बीपी कोइरालापछि देशमा रवि लामिछाने र बालेन शाह जस्ता नेताहरू देखिएको दाबी पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

Subscribe
Notify of
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स