अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ३९ जना कर्मचारीको दरखास्त आह्वान गरेको छ। कम्पनीले प्रबन्धक र सहायक प्रबन्धक पदका लागि २ जना, अधिकृतका लागि २ जना, सुपरभाइजरका लागि ७ जना, वरिष्ठ सहायकरसहायकका लागि १३ जना र कनिष्ठ सहायक (प्रशिक्षार्थी)का लागि १५ जना कर्मचारी माग गरेको हो।
योग्य र इच्छुक व्यक्तिहरूले मंसिर ३० गतेभित्र दरखास्त दिन सक्नेछन्। दरखास्त इमेलमा [email protected] पठाउन सकिन्छ, वा केन्द्रीय कार्यालय पनौती नगरपालिका ४, ठाडोबाटो, काभ्रेपलान्चोकमा पनि बुझाउन सकिन्छ।
दरखास्त फाराम कम्पनीको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। तलब र सेवासुविधा संस्थाको नियमानुसार प्रदान गरिनेछ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया