अमेरिकी डलरमा फेरि नयाँ रेकर्ड, एक डलरको कति रुपैयाँ ?

अमेरिकी डलरमा फेरि नयाँ रेकर्ड, एक डलरको कति रुपैयाँ ?

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको छ । डलर लगातार बलियो बनिरहँदा नेपाली मुद्रा हालसम्मकै कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३७.५१ रुपैयाँ (बिक्री) दर तोकेको छ । यो हालसम्मकै उच्च हो ।

पछिल्ला सातामा हरेक दिन अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही कारण अमेरिकी डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको हो । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, स्वीस फ्य्रांक अष्ट्रेलियन डलर, सिंगापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको भाउ बढेको छ । यस्तै, युरोपियन युरो, क्यानेडियन डलर, जापानी येन, मलेसियन रिंगेट, डेनिस क्रोनर र ओमनी रियालको भाउ घटेको छ ।

अमेरिकी डलरको भाउमा आएको उतारचढावले भारतीय मुद्रा (भारु) प्रत्यक्ष प्रभावित हुने र त्यसको असरले नेपाली मुद्रा बलियो वा कमजोर हुने गरेको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रभावित हुन्छ ।

यस्तै, युरोपियन युरो १ को खरिददर १४१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा, स्वीस फ्य्रांक १ को खरिददर १५० रुपैयाँ ८७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर १ को खरिददर ९४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९५ रुपैयाँ ३३ पैसा, सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ३० पैसा र बिक्रीदर १०० रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स