ग्लोबल आइएमई बैंकको राम्रो सुरुवात, साना उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू प्रदर्शन र बिक्रीमा राख्दै

ग्लोबल आइएमई बैंकको राम्रो सुरुवात, साना उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू प्रदर्शन र बिक्रीमा राख्दै

ग्लोबल आइएमई बैंक लिमिटेडले लघु, साना र मझौला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको बजारीकरणलाई सहज बनाउन ग्लोबल हाट बजार सुरु गरेको छ। बैंकको नाराअनुसार, “उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन”, हरेक शुक्रबार कमलादी शाखा कार्यालयमा हाट बजार सञ्चालन गरिनेछ। यसमार्फत, बैंकले आफ्ना ऋण लगानी गरेका उद्यमीहरूको उत्पादनलाई बजारमा पुर्याउने उद्देश्य राखेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाट बजारको उद्घाटन गर्दै, यसले दिगो र हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका उद्यमीहरूको बजारमा पहुँच विस्तार गर्न मद्दत गर्ने बताए। उनले भने, “हाट बजारले अर्गानिक, रैथाने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरणमा सहजीकरण गर्ने कार्य गर्छ।”

कार्यकारी अधिकृत रेग्मीले थपे, “यो हाम्रो सानो र प्रतीकात्मक अभियान हो। यसद्वारा, हामी आफ्ना लघु, साना र मझौला उद्यमहरूको प्रर्वद्धन गर्न सक्छौं, जसले हाम्रो अर्थतन्त्रको आधार बनाउँछ। साथै, बैंकको दायित्व आफ्ना ऋणीहरूको उत्पादनलाई खपत गर्ने र प्रवर्द्धन गर्ने हो।”

उक्त हाट बजारमा विषादी रहित कृषि उपज, रैथाने बाली, हस्तकला सामग्री, सजावटका बिरुवा र अन्य स्थानीय उत्पादनहरू प्रदर्शन र बिक्रीका लागि राखिने जानकारी पनि दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स