instainsta

शार्क ट्याङ्क नेपालको छैठौं एपिसोडमा २ करोडको डिल, कुन उद्यमले कति पाए लगानी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २ गते
शार्क ट्याङ्क नेपालको छैठौं एपिसोडमा २ करोडको डिल, कुन उद्यमले कति पाए लगानी ?
AdvertisementAds

शार्क ट्याङ्क नेपाल सिजन १ को छैठौं एपिसोडमा दुई उद्यमले कुल २ करोड रुपैयाँको लगानी डिल पाएका छन्। बिहीबार प्रसारण भएको उक्त एपिसोडमा ओरेन्ज बल प्रालि र अल्छि पसलले शार्कहरूसँग सम्झौता गरेका हुन्।

सरसफाई र कीट नियन्त्रण सेवा प्रदान गर्दै आएको ओरेन्ज बल प्रालिले १० प्रतिशत सेयरको बदलामा १ करोड मागेको थियो। सौरभ ज्योतिसँग १५ प्रतिशत सेयरको बदलामा १ करोड रुपैयाँमा डिल पक्का भएको हो। अर्कोतर्फ, नेपाली संस्कृति र इतिहास झल्किने बोर्ड गेम उत्पादन गर्दै आएको अल्छि पसलले २५ प्रतिशत सेयरको बदलामा १ करोड र थप ५० लाख ऋण स्वरूप लगानी डिल पाएको हो। यो डिल शार्क क्याबिनेट श्रेष्ठसँग भएको हो, जसमा ऋण नतिर्दासम्म सो रकममा पनि नाफा लिने शर्त रहेको छ।

इन्क्सभिल्ला र मराम्चे अर्ग्यानिक कृषि फार्म भने यस एपिसोडमा लगानी डिल पाउन असफल रहे। इन्क्सभिल्लाले डेढ करोड र मराम्चे फार्मले ३० लाख रुपैयाँ लगानी माग गरे पनि शार्कहरूले रुचि नदेखाएको हो।छैठौं एपिसोडमा दुई उद्यमले मात्र डिल पाएका हुन् भने कुल डिल रकम २ करोड रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स