चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाइन्छ?

चुनावमा उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउने, कुन निर्वाचन क्षेत्रमा कति खर्च गर्न पाइन्छ?

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ। निर्वाचन आयोगले निर्वाचन क्षेत्रको अवस्था र भौगोलिक कठिनाइलाई आधार मानी देशभरका सबै निर्वाचन क्षेत्रलाई पाँच समूहमा वर्गीकरण गर्दै खर्च सीमा निर्धारण गरेको हो।

आयोगका अनुसार समूह ‘क’मा रहेका पाँच निर्वाचन क्षेत्रमा उम्मेदवारले बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। यस समूहमा काठमाडौँ–१, काठमाडौँ–३, काठमाडौँ–६, काठमाडौँ–७ र काठमाडौँ–८ पर्दछन्। समूह ‘ख’मा रहेका १७ निर्वाचन क्षेत्रमा खर्च सीमा २७ लाख रुपैयाँ तोकिएको छ। त्यस्तै, समूह ‘ग’मा समेटिएका ५४ निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँसम्म खर्च गर्न सक्नेछन्।

यसैगरी, समूह ‘घ’मा राखिएका ४८ निर्वाचन क्षेत्रका उम्मेदवारका लागि खर्च सीमा ३१ लाख रुपैयाँ तोकिएको छ। दुर्गम क्षेत्रका २६ निर्वाचन क्षेत्रलाई समूह ‘ङ’मा राख्दै आयोगले ती क्षेत्रमा उम्मेदवारले बढीमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ।आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र चुनावी गतिविधि सञ्चालन गर्नुपर्ने स्पष्ट पारेको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स