सात महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २६ गते
सात महिनामा भित्रियो साढे ९ खर्ब रेमिट्यान्स

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालमा ९ खर्ब ५८ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनासम्म विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा हेर्दा यो अवधिमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले बढेर ६ अर्ब ६५ करोड पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धिदर १६.४ प्रतिशत थियो। यस अवधिमा, खुद द्वितीय आय (खुद ट्रान्सफर) ९ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यो ९ खर्ब १० अर्ब ७७ करोड थियो। वैदेशिक रोजगारीको तथ्यांक वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७४ हजार ६२२ पुगेको छ। पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ९० हजार ८८६ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या क्रमशः २ लाख ४५ हजार ४३२ र १ लाख ५७ हजार ४५ थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स