एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्न लागेको ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्था पूरा भएको छ। यस आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्। सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ भने सानिमा बैंक र सिद्धार्थ बैंकले समान रूपमा १–१ अर्ब रुपैयाँ लगानी गर्ने तय भएको छ।
सोमबार भएको द्विपक्षीय सम्झौतामा एक्पर्ट हाइड्रो इन्भेस्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कूल ९ अर्ब ६० करोड रुपैयाँ लागत रहने यस आयोजना २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणमार्फत वित्तीय व्यवस्थापन गरिने जानकारी प्रबन्ध निर्देशक नेपालले दिएका छन्।
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने आयोजना ४२ महिनाभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ। नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट उत्पादित बिजुली बाफिकोट सवस्टेशनमा जोडिनेछ। वार्षिक रूपमा आयोजना २८३.३७ गिगावाट घण्टा (GWh) बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको छ। साथै, आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २७ गते विद्युत् खरिद–बिक्री सम्झौता (PPA) समेत गरिसकेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया